Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

रूसी आक्रमणबाट क्षति पुगेको एन्टोनोभ जहाज मर्मत गरिने

रूसी आक्रमणबाट क्षति पुगेको विश्वकै ठूलो कार्गो हवाइजहाज एन्टोनोभको मर्मत हुने भएको छ।
जहाज मर्मतका लागि आवश्यक प्राविधिक खाका बनाउने काम सुरु भएको सिएनएनले जनाएको छ।

गत फेब्रुअरी २७ मा रूसले युक्रेनको हवाइ अड्डा होस्टोमलमा आक्रमण गर्दा कल साइ एन-२२५ रहेको एन्टोनोभ जहाजमा क्षति पुगेको थियो।

क्षति पुगेको जहाज सन् १९८० मा बनेको थियो। भार बोक्ने आधारमा उक्त जहाज बोइङ ७४७ भन्दा दोब्बर क्षमताको थियो। त्यस जहाजको चौडाइ ८४ मिटर र उचाइ २७५ फिट रहेको छ। रूसको आक्रमणबाट जहाजको अग्रभागमा क्षति पुगेको थियो।

जहाज मर्मतका लागि ५० करोड २० लाख अमेरिकी डलर लागत अनुमान गरिएको छ।
एन्टोनोभले मर्मत कार्य सुरू भएको जनाएको छ। ‘मर्मतका लागि खाका तयार पार्ने काम सुरु भएको छ। जहाजलाई सञ्चालनमा ल्याउनका निम्ति ३० प्रतिशत नयाँ सामाग्री राख्नुपर्ने हुन्छ,’ कम्पनीले भनेको छ।

युक्रेनको सरकारले पनि जहाज फेरि आकाशमा उड्ने आशा राखेको छ। ‘हामी आशावादी छौँ एन्टोनोभ फेरि आकाशमा देखिनेछ,’ सिएनएनले सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।

एन्टोनोभ जहाजमा रूसले आक्रमण गरेपछि युक्रेनको रक्षा मन्त्रालयले जहाज मर्मतका लागि ३ अर्ब डलर लागत लाग्ने र त्यस रकम रूसले व्यहोर्नुपर्ने बताएको थियो। मर्मतका लागि कम्तिमा पनि पाँच वर्ष लाग्ने रक्षा मन्त्रालयको भनाइ थियो।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com