Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ

साउन, १ काठमाडौं । चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वाशुदेव अर्याल रहेका प्रहरीले जनाएको छ ।

अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।

अर्यालले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com