Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले संसद्‌मा बहुमत गुमाउने

राष्ट्रपतिमा पुनस् निर्वाचित भएको दुई महिना नपुग्दै फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले संसद्‌मा बहुमत गुमाउने भएका छन्।
निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोँले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीमा बहुमत गुमाएका हुन् ।

उनले बलियो बहुमतका लागि मतदातालाई आह्वान गरेका थिए । तर माक्रोँ नेतृत्वको मध्यमार्गी गठबन्धनले चुनावमा दर्जनौँ सिट गुमाएको छ।

यो सँगै फ्रान्सेली राजनीति ध्रुवीकृत हुने भएको छ। अब राष्ट्रपति म्याक्रोँलाई सुधारका योजना पारित गर्न निकै सङ्घर्ष गर्नुपर्नेछ।
निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनले नेतृत्व गरेको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्नेछन्।

यो सँगै राष्ट्रपति माक्रोँले मन्त्रिपरिषद्का केही सदस्यलाई गुमाउने र विभाजित संसद्सँग काम गर्नुपर्ने हुन्छ।
राष्ट्रपतिले हालै एलिजाबेट बोर्नलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्री एलिजाबेथ बोर्नले पछिल्लो नतिजा अप्रत्यासित भएको भन्दै आफूले फ्रान्सको राजनीतिमा यस्तो कहिल्यै नदेखेकी बताइन्।
उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका खतरालाई ध्यान दिने हो भने यो अवस्थाले फ्रान्सका लागि जोखिमको प्रतिनिधित्व गर्ने उनले बताइन्।

उनले आफूहरू भोलिदेखि नै बहुमत पुर्‍याउनका लागि काम गर्ने जिकिर गरिन्।
माक्रोँले यसअघिको संसद्‌मा ३०० भन्दा बढी सिट पाएका थिए। गत एप्रिलमा भएको राष्ट्रपति चुनावमा उनले पेनलाई हराएका थिए।
स्पष्ट बहुमत कायम राख्न उनलाई २८९ सिट आवश्यक पर्छ, तर उनको गठबन्धनले २४५ सिट ल्याउने देखिएको छ।

बिबिसीका अनुसार अनुसार मेलन्सनको गठबन्धनले १५७ देखि १६३ सिट जित्नसक्छ। यस्तै अति दक्षिणपन्थी न्याशनल र्‍याली पार्टीले ८ सिटबाट बढाएर ८५ देखि ९० पुर्‍याउने देखिएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com