Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

चुलो बाँड्न सँगै जाउँला, चिन्ता गर्नुपर्दैन : जनार्दन शर्मा

जेठ, १८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदान लक्षित नभएको दाबी गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट चुनावलाई लक्षित गरेर नल्याएको दोहोर्‍याए । ‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ, तर यहाँ कतै पैसा बाँड्ने कार्यक्रम छैन । अनुदान भन्ने कतै पनि छैन,’ उनले अघि भने, ‘अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला, तर यसमा बिल्कुल अनुदान छैन, प्रोत्साहन छ ।’

इन्डक्सन चुलोलाई भोट साट्न खोजेको आरोपको पनि उनले खण्डन गरे । प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने भन्दै उनले भने, ‘इण्डक्शन चुलो निर्वाचनसँग सम्बन्धित छैन । प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com