Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

खानीखोला गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

४ जेठ, काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्‍यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्‍यक्षमा नेपाली कांग्रेसका दोर्जे मान जिम्वा निर्वाचित भएका छन्।
गाउँपालिकाको अध्‍यक्षमा एमालेका शेखर लामालाई १ हजार ३ सय बढी मतले हराउँदै माओवादी केन्द्रका इन्द्रबहादुर थिङ निर्वाचित भएका हुन् । थिङले ४ हजार ४८५ मत ल्याउँदा एमालेका लामाले ३ हजार १५५ मात्र मत ल्याए ।

यस्तै गाउँपालिकाको उपाध्‍यक्षमा एमालेका रुकमेणी गुरुङलाई पराजित गर्दै कांग्रेसका दोर्जे मान जिम्‍वा निर्वाचित भएका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com