Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आइपिएलमा चेन्नई सुपर किंग्सको छैठौं हार

इन्डियन प्रिमियर लिग आइपिएल २०२२ मा चेन्नई सुपर किंग्सले छैठौं हार व्यवहोरेको छ।
गए राती पन्जाब किंग्ससँग ११ रनले पराजित हुँदै जारी लिगमा ८ खेलमा छैठौं हार भोगेको हो। यता समान खेलमा पन्जाब चौथो जितका साथ छैठौं स्थानमा उक्लिएको छ।

१ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन मात्र बनायो। उसका लागि अम्बाती रायुडूले सर्वाधिक ७८ रन बनाए। मात्र ३९ बल खेलेका उनले ७ चौका र ६ छक्कासहित बिस्फोटक अर्धसतकीय पारी खेले।

यस्तै ओपनर ऋतुराज गायवाडले ३० रन बनाउँदा कप्तान रविन्द्र जडेजाले २१ तथा महेन्द्र सिंह धोनीले १२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
खराब सुरूआत गरेको चेन्नईका लागि ओपनर रोविन उथप्पा १, मिचेल सान्टनार ९ र शिवम दुबे ८ रनमा आउट भए।

चेन्नईलाई रोक्न पन्जाबका कागिसो रबाडा र ऋषि धवनले २(२ विकेट लिए। सन्दीप शर्मा र अर्शदीप सिंहले १(१ विकेट हात पारे।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो। उसका लागि शिखर धवन सर्वाधिक ८८ रन बनाए। ५९ बलमा ९ चौका र २ छक्कासहित उनी अविजित रहे। भानुका राजपक्षले ४२ रन बनाउँदा

कप्तान मयंक अग्रवाल १८, लियाम लिभिङस्टोन १९ र जोनी बेयरस्टोले ६ रन बनाए।
चेन्नईका ड्वेन ब्राभोले २ तथा महेश थिक्षनाले १ विकेट हात पारे।
यो जितसँगै अंक तालिकामा पञ्जाब ८ अंकसहित छैठौं स्थानमा उक्लिएको छ।

७ खेल खेलेको गुजरात ६ मा जितसहित १२ अंक जोड्दै शीर्षस्थानमा यथावत छ। समान खेलबाट १०(१० अंक जोडेका हैदराबाद र राजस्थान रोयल्स रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्।
यस्तै ८ खेलबाट समान १०(१० अंक जोडेका लखनऊ र बेंगलोर चौथो र पाँचौ स्थानमा छन्।

दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ। कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ।
चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा यथावत रहँदा सबै ८ खेल गुमाएको मुम्बई अंक विहिन छ।
चेन्नईले अव आइतबार हैदराबादसँग खेल्नेछ । पन्जाबले आगमी शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।
आजको खेलमा बैंलोर र राजस्थान भिड्नेछन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com