Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्यो

२६ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com