Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल विच पार्टी एकता

फल्गुन २९ काठमाण्डौ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल बिच एकता भएको छ । कर्णाली प्रदेश, हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा एक कार्यक्रमको आयोजना गरि एकताको घोसणा गरिएको हो । उक्त कार्यक्रम्मा जनता समाजवादी पार्टीका जिल्ला कार्यसमिति का ८१ सदस्य, केन्द्रीय सदस्य द्वय बिरजङ्ग शाही,कालीबहादुर बिक र संघीय परिषद सदस्य जसबहादुर भण्डारी, लगायत ५०० भन्दा बढी नेता कार्यक्रता नेकपा माओवादी केन्द्रमा समाहित भएका हुन ।

आज दुवै पार्टीको संयुत्त एक कार्यक्रमका विच समायोजन घोषणा भएको हो । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सहित जिल्लाभरका कार्यकर्ता माओवादी केन्द्र हुम्लामा समायोजन भएका हुन् । आइतबार नेता कार्यकर्ताको ठूलो उपस्थितीमा समायोजन कार्यक्रम भएको हो । हुम्ला जिल्लाबाट जनता समाजवादी केन्द्रीय प्रतिनिधित्व गर्ने दुईजना केन्द्रीय सदस्य सहित सिङ्गो जिल्ला कार्यसमिती र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

माओवादी केन्द्र वाट पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसी, हुम्ला जिल्लाका सांसद तथा केन्द्रिय सदस्य छक्कबहादुर लामा, जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेश सहसचिव लालकेश जैशी लगायतको उपस्थिति रहेको थियो । भने जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बिरजङ्ग शाही कालि वहादुर वि क लगाएत अन्य जिल्ला स्तरिय नेतनको उपस्थिति थियो ।

जनता समाजवादी पार्टी जिल्ला कार्यसमिति का अध्यक्ष विज्ञन लगाएत ८१ सदस्य र सोहि पार्टीका केन्द्रीय सदस्य द्वय बिरजङ्ग शाही,कालीबहादुर बिक र संघीय परिषद सदस्य जसबहादुर भण्डारी, लगायत ५०० भन्दा बढी नेता कार्यक्रता नेकपा माओवादी केन्द्रमा समाहित भएको भन्दै माओवादी केन्द्र पार्टीका ताँजाकोट गाँउपालिका अध्यक्ष तथा जिल्ला समन्वय सदस्य अकबिर खडकाले यती खवर लाई जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com