Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह गर्दै

जेठ, २२ काठमाडौं । अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् ।
दुबैले असारमा विवाह गर्ने तयारी गरेको नीता र हरिहरको प्रोडक्सनमा काम गर्दै आएका दिप्तप्रकाश अधिकारीले जानकारी दिए । हरिहर अधिकारीले असार २४ गते विवाह हुने बताए ।

करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्ममा दुबै मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ‘ह्रस्व दीर्घ’मा भिलेनको भूमिका साउथ कलाकार प्रदीपसिंह रावत देखिँदैछन् । विवाहमा सहभागी हुन रावत पनि नेपाल आउने बताइएको छ । नीता र हरिहरले एक टेलिभिजन कार्यक्रममा समेत लामो समयदेखि सहकार्य गरिरहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com