Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन आएको टोलीले भेट्न पाएनन्

चैत १ काठमाडौं बुटवल । प्रादेशिक विश्वविद्यालय कपिलवस्तुमा सार्ने निर्णयमा पुनर्विचार गर्न माग गर्दै ज्ञापन पत्र बुझाउन आएको टोलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले भेट्न अस्वीकार गरेका हुन्।

बाँकेको खजुरामा स्थापना गर्ने तयारी भएको प्रादेशिक विश्वविद्यालय प्रदेश सरकारले हालै कपिलवस्तुमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयमा पुनर्विचार गर्न माग गर्दै बाँकेका जनप्रतिनिधिले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउन खोजेको थियो । तर आफूहरुलाई समय नदिएको ज्ञापनपत्र बुझाउने टोलीमा रहेकी लुम्बिनी प्रदेश सरकारकै पूर्वमन्त्री आरती पौडेलले बताएकी छिन्।

‘मुख्यमन्त्रीलाई सोमबार नै टेलिफोनमार्फत समय माग गरेर भेट्न बुटवल आएपछि मुख्यमन्त्री कार्यालयमा कुराएर आउँदै नआई कपिलवस्तु जानुभएछ’ पूर्वमन्त्री पौडेलले भनिन्, ‘समय दिएर पनि भेट नै नगर्नुले मुख्यमन्त्रीले अपमान र बेवास्ता गरेको महसुस भएको हो ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com