Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नागरिकताको विषय संसद्‍मा उठाउने

असार, ४ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नागरिकताको विषय संसद्‍मा उठाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या तत्कालै समाधान गर्ने आश्वासन दिएपनि हालसम्म त्यसमा कुनै प्रगति नभएको बताउँदै अब यस विषयलाई संसद्‍मै उठाउने लोसपाले जनाएको हो ।

लोसपाका कार्यकारिणी सदस्य एवं संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले भने, ‘नागरिकताको समस्या समाधानलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको आज १२ दिन भइसक्यो तर अहिलेसम्म त्यसको सुरसार पनि भएको छैन । यो बीचमा हामीले ताकेताका लागि जेठ ३० गते पनि हामीले प्रधानमन्त्री देउवालाई भेटेका थियौँ । वहाँले छिट्टै गर्छौ भन्नुभएको थियो, तर अहिलेसम्म केही भएको छैन । त्यसैले हामी सोमबारदेखि संसद्‍मा यो कुरा उठाउँछौं ।’

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com