Yeti Khabar

२०८१ भाद्र ३०, आईतवार - Sun Sep, 2024 -

विप्लव, वैधदेखि मोहन विक्रम सम्म आन्दोलनमा

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी सम्झौता पारित गरेको भन्दै त्यसविरुद्ध जनसंघर्षको कार्यक्रम घोषणा गरेको हो ।

यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको संवेदनशीलतालाई दृष्टिगत गरी जनसंघर्षको कार्यक्रम घोषणा गरेको भन्दै ६ दलको विज्ञप्तिमा पुरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायतमा अपिल गरिएको छ ।
संघर्षका कार्यक्रमअन्तर्गत फागुन १५ गते बेलुका देशव्यापी मसाल जुलुस निकाल्ने र १६ गते सशक्त नेपाल बन्द गर्ने उल्लेख छ

संघर्षमा उत्रिएका पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंहको नेकपा मसाल, मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेकपा, आहुतीको वैकल्पिक समाजवादी कम्युनिस्ट र कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादी रहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com