Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

 

कलाकार लामाको निधनमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com