भर्याङमुनि बेबारिसे भेटिए नवजात शिशु
असार,२३,काठमाडौं । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलसहितका केही स्टार्फहरु आज दिउँसो भर्खरै बनेर सकिन लागेको सी ब्लक भवनको पहिलो तलामा उक्लिदै थिए । अस्पतालको भर्याङमुनि कपडामा बेरिएको अवस्थामा केही राखिएको जस्तो देखे ।
अरु भन्दा अगाडि रहेका पौडेलले कपडा भित्र हातखुट्टा चलेको जस्तो देखे । हत्तपत्त तल झरेर हेर्दा एक नवजात शिशुले हात चलाइरहेको थियो । चिसो भूइँमा राखिएको शिशु रोएको थिएन । यसो काखमा लिएर बच्चा हेरे, तातै थियो बच्चा । हत्तपत्त प्रहरीलाई खबर गरे ।
जन्मिएको दुई दिन मात्रै भएको नवजात शिशु (छोरी) केही घण्टा अगाडि मात्रै कसैले भर्याङमुनि छाडेर गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।
‘