Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मोरङमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

जेठ, १५ काठमाडौं । शंकास्पद अवस्थामा आज बिहान मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा एक जना पुरुषको शव भेटिएको छ।

मोरङ प्रहरीका अनुसार कटहरी–२ स्थित आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठ रहेको जनाएको छ। श्रेष्ठको शव सडक छेउको नाली नजिकै बाँझो खेतको डिलमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो। घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फ्यालेको जस्तो देखिने प्रहरीले बताएको छ।

बिहे गरेकी श्रीमतीले छाडेपछि तुलसी भाइ चित्रकुमारको साथमा बस्दै आएको खुलेको छ। तुलसीका सन्तान छैनन्। भाइ चित्रकुमारले कटहरी–१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका छन्। तुलसी शनिबार राति घरबाट निस्किएर भाइको कुखुरा फार्मतिर जाने क्रममा घटना भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ।

‘खेतको डिलमा पुरुषको शंकास्पद अवस्थामा शव फेला परेको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘निधारमा रहेको चोटबाट रगत बगिरहेको छ। घटना शंकास्पद रहेकाले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेका छौं।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com