Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बालेन सिर्जनाभन्दा १९ हजार मतले अगाडि

जेठ, ९ काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धीसँग झन्डै १९ हजार मतान्तर बनाएका छन्।
उनी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा झन्डै १९ हजार मतले अगाडि छन्। सिंह काठमाडौंको मेयरको दौडमा दोस्रो स्थानमा छिन्।
मतगणनाको सुरूदेखि नै अग्रता लिएका शाहले अहिले सिंहसँग १८ हजार ९ सय २३ मतान्तर बनाइसकेका छन्।

काठमाडौंको राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भइरहेको छ। आज बेलुकीसम्म शाहले ४७ हजार ४२९ मत ल्याए। उनका प्रतिस्पर्धी सिंहले २८ हजार ५०६ मत पाइन्।

यता नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ६४२ मत ल्याएका छन्। सुरूवाती मतगणनामा दोस्रो स्थानमा रहेका स्थापितलाई सिंहले पछि पारेकी हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com