Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बाघको आक्रमणबाट एकको मृत्यु

पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com