Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट, भारत र पाकिस्तानसँग खेल्ने

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै घरेलु टिम नेपाल एसिया कपमा प्रवेश गरेको छ । योसँगै नेपालले एसिया कपमा विश्वविजेता टिम भारत र पाकिस्तानसँग खेल्नेछ ।

११८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरे । 

वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७.३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो ।

यूएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए ।

यसअघि सोमबार नेपालका लागि ललितनारायण राजवंशीले लगातार विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट नजिक थिए । आज उनले २७.४ ओभरमा विकेट लिन नसकेपछि ह्याट्रिक विकेट पूरा भएन । तर ललितले सिद्धिकीको विकेट लिएसँगै यूएई अलआउट भएको हो ।

सोमबार ललितले आसिफ खानलाई ४६, रामिज शाहजादलाई एक र जाहोर खानलाई शून्यमा आउट गराएका थिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । सन्दीपले आयन अफ्जल खानलाई पाँच र रोहन मुस्तफालाई दुई रनमा आउट गराएका थिए । त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । गुल्सन झाले बासिल हामिदलाई १० रनमा आउट गराए ।

यूएईलाई पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको ट्रफि उचालेको छ । योसँगै नेपाल एसिया कपको सेमिफाइनलमा पुगेको हो । शिलापत्र बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com