Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

एकीकृत समाजवादी जुम्ला संयोजकमा बुढा

नेकपा एकीकृत समाजवादीले जुम्ला संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ।
केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव वेदुराम भुसालले बताए।

उनकाअनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।

कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल छन्।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाहेकका अन्य दलका नेतालाई सहयोग गरेकाले उनीहरुलाई निष्काशन गरिएको उनले बताए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com