Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जलशाको जित सुनिश्चित

फागुन ३ काठमाडौँ । अखिल नेत्री जलशा कुमारी वुढाले केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिएकी छिन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराीववियु) को २३ औ राष्ट्रिय महाधिवेशन फाल्गुण ३ गतेबाट काठमाडौंमा सुरु भएको हो ।

हिजो उद्घाटन भएको अखिलको महाधिबेशनमा आज नेतृत्व चयनका लागि १ सय ९९ पदका लागि उम्मेदवारी समय निर्धारण गरिएको हो । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिको केन्द्रीय सदस्य रहेकै बेला एमालेको एकतामा सामेल भएकी जलशाले एकता प्रक्रिया निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन ।

आज उम्मेदवारी दर्ता भएकाले भोली नेतृत्व चयनको लागि १ हजार ६ सय भन्दा बढी प्रतिनिधिहरुले मतदान गर्ने भएका छन । विद्यार्थी नेतृ जलशा वुढाको जित सुनिश्चित रहेको सम्मेलनमा उपस्थित अधिकांश प्रतिनिधिहरुले बताएका छन । उम्मेदवारी फिर्ता लिने समय समेत निर्धारण गरिएकोले उनी निर्विरोध निर्वाचित हुने संभावना पनि अधिक रहेको छ ।

उनी गत बैशाखमा एमालेमा सामेल भइ कालीकोट जिल्लाको पलाता गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार समेत बनेकी थिइन । करिब १७ सय मत ल्याएर झिनो मतले पराजय भोगेकी वुढा एक कर्णालीबकै आशा लाग्दो महिला नेतृत्वको रुपमा सबैले हेरेका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com