Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

वरिष्ठतम् न्यायाधीश मीरा खड्काको अवकाश, हरिकृष्ण कार्की बने वरिष्ठतम् न्यायाधीश

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्काको अवकाश भएको छ । २०१४ साल जेठ २ गते जन्मिएकी न्यायाधीश खड्का ६५ वर्षे उमेरहदका कारण आइतबारबाट अवकाशमा गएकी हुन् ।
खड्काले अवकाश पाएलगत्तै अब सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीश बनेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिएपछि न्यायाधीश मीरा खड्का वरिष्ठतम् न्यायाधीश बनेकी थिइन् ।

२०३८ साल पुसमा शाखा अधिकृतबाट सर्वोच्च अदालतका प्रवेश गरेकी खड्का २०४८ कात्तिकमा काठमाडौं जिल्ला अदालतको न्यायाधीश बनेकी थिइन् । त्यसपछि १४ वर्ष जिल्ला न्यायाधीशमा बिताएपछि २०६२ जेठ ४ गते खड्का तत्कालीन पुनरावेदन अदालत पाटनको न्यायाधीशमा नियुक्त भएकी थिइन् । उच्च अदालत विराटनगरको इलाम इजलासमा मुख्य न्यायाधीश बनेपछि उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी थिइन् । सर्वोच्च अदालतमा न्यायाधीश बनेको करिब ६ वर्षपछि उनी उमेरहदका कारण सेवाबाट अवकाश पाएकी हुन् ।

महाभियोगको प्रस्ताव सफल भई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विदा भएको अवस्थामा आगामी असोज १५ गतेसम्म हरिकृष्ण कार्कीले वरिष्ठतम् न्यायाधीशको हकमा काम गर्नेछन् । त्यसपछि दीपककुमार कार्की ६५ वर्षे उमेरहदका कारण विदा हुनेछन् र कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।
तर यदि जबरामाथिको महाभियोग विफल भई सर्वोच्च अदालत फर्किएको अवस्थामा भने वरिष्ठतम् न्यायाधीशका रुपमा दीपक कुमार कार्कीले कामकाज गर्नेछन् भने आगामी असोज १५ गतेबाट मात्रै हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीशका रुपमा काम गर्नेछन् । आगामी मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेरहदका कारण अवकाशमा गएपछि भने कार्कीले न्यायपालिकाको बागडोर सम्हाल्नेछन् । रातोपार्टी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com