Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा ९४प ८६७६ नम्बरको स्कुटर र ना५ख १९०९ नम्बरको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीया विमलादेवी भट्टराईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक भने घाइते भएका छन्। घाइते स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com