शिक्षा समितिको बैठक सिंहदरबारमा जारी

१५ असार, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बसेको छ । विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न बैठक बसेको छ । आजको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्ड, विद्यालय मर्ज, विषयगत शिक्षक लगायतका विषयमा छलफल हुँदैछ ।
शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिको म्याद आज सकिंदैछ । महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो ।
सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन । पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको छ । समितिमा धेरै विषयको टुंगो लागिसकेको छ ।