बाफलको स्टिकर गोदाममा आगलागी

असार, ८ काठमाडौं । आज बिहान बाफलस्थित राजेन्द्र उदासले सञ्चालन गरेको मेडल तथा स्टिकर गोदाममा विद्युत् सर्ट भइ आगो लागेको सशस्त्र प्रहरीका सहायक प्रवक्तमा डिएसपी शैलेन्द्र थापाले बताए ।
उनका अनुसार बालाजु दकमल, जुद्द बारुण यन्त्रको दमकल प्रयोग गरी डेढ घन्टामा नियन्त्रणमा लिइएको छ । आगोलागी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल निलबाराही गणबाट टोली खटिएको थियो।