Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भारतबाट चोरी तस्करी गरी ल्याइएका औषधिलगायतका स्वास्थ्य सामग्री बरामद

काठमाडौं १९ वैशाख । सशस्त्र प्रहरीले भारतबाट चोरी तस्करी गरी ल्याइएका औषधिलगायतका स्वास्थ्य सामग्री बरामद गरेको छ।
तस्करी गरी ल्याउँदै गर्दा विराटनगर–१५ स्थित पारिजातबाट २ सय ३५ प्याकेट सर्जिकल ब्लेड, २ हजार ७ सय ८० पिस प्रेग्नेन्सी टेस्ट किट र २ सय पिस अक्सिजन फेस मास्क बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए। तस्करीमा संलग्न भने मोटरसाइकल लिएर फरार बनेको उनले बताए। बरामद गरिएका १ लाख ३० हजार ३ सय रूपैयाँ बराबरको सामग्री रहेको छ।

त्यस्तै, भन्सार छलेर अवैध तरिकाले ल्याउँदै गरेको ८३ पिस कुर्त सलवार, १४ थान बाल्टिन र एक कार्टुन प्लाष्टिकको चम्चा तथा प्लेट विराटनगर–१६ दरैयाबाट बरामद गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com