Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते

काठमाडौं ९ वैशाख । दाङ दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन्। घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईटा प्रहार गरेका थिए।

उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए। प्रहरीका अनुसार लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। त्यस्तै सोही ठाउँका ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएको थापाले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com