Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

स्थानीय निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुने : गृहमन्त्री बालकृष्ण खांण

काठमाडौं ७ वैशाख ।गृहमन्त्री बालकृष्ण खांणले वैशाख ३० गतेको स्थानीय निर्वाचन भयरहित वातावरणमा शान्तिपूर्ण ढंगले सम्पन्न हुने बताएका छन्।
आज गृहजिल्ला आएका गृहमन्त्री खाँणले निर्वाचनका सम्बन्धमा अव कुनै शंका उपशंका नरहेको भन्दै समयमै स्वच्छ र निश्पक्ष निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी भइसकेको बताए। ‘अब पनि निर्वाचन हुँदैन भन्ने कुनै सवाल नै रहेन,निर्वाचन समयमै हुन्छ। स्वच्छ र निश्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ’ निवासमै गरीएको पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले भने।

देशभर एकैपटक निर्वाचन हुने भएकाले शान्ति सुरक्षाका लागि सरकारले विशेष सुरक्षा रणनीति तयार गरेको गृहमन्त्री खाँणले जानकारी दिए। ‘आवश्यकताका आधारमा नेपाली सेनाको हेलिकप्टर र निजी क्षेत्रको हेलिकप्टर मार्फत हवाइ गस्तीको समेत व्यवस्था गर्नेछौं’ गृहमन्त्री खाँणले भने।

निर्वाचनमा पांँचदलीय गठबन्धन बिच मित्रवत व्यवहार गरेर सहमतीका साथ अगाडी बढ्ने र उत्कृष्ट नतिजा हात पार्ने दावी उनले गरे। संविधान,देश,जनता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाकालागि गठबन्धन सरकार निर्माण भएको स्मरण गर्दै उनले गठबन्धन प्रति नेपाली काँग्रेस प्रतिवद्ध भएको दोहोरयाए। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने पार्टीको निर्णयलाइ अक्षरसपालना गर्दै कार्यान्वयनको दिशामा लैजान नेता कार्यकर्तालाइ आग्रह गरे। गठबन्धनका दलहरुबीच भएको सहमति ,सहकार्य र सहयात्राको निर्णय प्रति नेपाली काँग्रेस प्रतिवद्ध छ त्यसलाइ कार्यान्वयनको अन्तिम दिशातर्फ लैजाने चरणमा सबै प्रतिबद्ध हुनुपर्छ’ नेता खाँणले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com