Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

चीनले ताइवानलाई गाभ्ने प्रयासलाई तीव्र पारेको छ : अमेरिका

चीनले ताईवानलाई पहिले सोचिएभन्दा ‘तीव्र समयसिमा’मा एकीकरण गर्न खोजेको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । बेइजिङले ताईवानको ‘अहिलेको स्थिति’ अब थप स्वीकार्य नहुने निर्णय गरेको पनि उनले बताए । चीनले ताईवानको वर्तमान हैसियत विद्रोही स्वशासित टापू भए पनि उ आफ्नै हिस्सा भएको मान्ने गरेको छ ।

ताईवानमा भने यस विषयमा दुई थरी मत छ । ताईवानका दुई प्रमुख पार्टीमध्ये हालको प्रतिपक्षी र अहिलेको शासनको संस्थापक कोमिन्ताङले ताईवानस्थिति सत्तालाई सम्पूर्ण चीनको मुल प्रतिनिधि बताउने गर्छ । सन् १९४९ मा चीन वर्षदेखि चलेको गृहयुद्धको अन्त्यमा कम्युनिष्टसँग हारेपछि चीनमा शासन चलाईरहेको कोमिन्ताङ पार्टी ताईवान सरेको थियो ।

त्यस्तै वर्तमान राष्ट्रपति साई इङ–वेन र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी भने ताईवान स्वतन्त्र मुलुक भएको र त्यही हुनुपर्ने विचार राख्ने गर्छ । आईतबार चिनियाँ कम्युनिष्ट पार्टीको पाँच वर्षमा हुने अधिवेशनको उद्घाटन सम्बोधनमा राष्ट्रपति सी जिनपिङले ताईवानलाई चीनमा मिलाउनको लागि बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेनन् ।

मंगलबार स्ट्यानफोर्ड विश्वविदालयको एक कार्यक्रममा बोल्ने क्रममा ब्लिनकेनले ‘शान्तिपूर्ण ढंगबाट एकिकरण सम्भव नभए बेइजिङले डर धम्की र बल प्रयोग गर्ने ’ बताए ।

त्यस अवस्थामा अमेरिकाले ताईवानसँग गरेको प्रतिवद्धता अनुरुप ताईवानको प्रतिरक्षात्मक क्षमता वृद्धिमा सघाउने ब्लिनकेनले बताए ।
वासिङ्टनले सन् १९७१ यता ताईवान र चीनको मुद्दामा जटिल कुटनीतिक सन्तुलन राख्ने प्रयास गरेको छ । अमेरिकाको आधिकारिक नीतिले ‘एक चीन नीति’ लाई स्वीकार्दै आएको छ । तथापि उसले ताईवानमाथिको एकीकरण एकतर्फ रुपमा हुन नहुने, ताईवानी नागरिकको मत लिनुपर्ने बताउँदै आएको छ ।

अमेरिकाले ताईवानलाई स्वतन्त्र मुलुक नमाने पनि अनौपचारिक रुपमा ताईवानसँग विभिन्न व्यापारिक तथा प्रतिरक्षा सम्झौता गरेको छ । पछिल्लो समय बाईडेनले विभिन्न अबसरमा चीनको आक्रमणको समयमा वाशिन्टनले ताईवानको प्रतिरक्षा गर्ने बताईरहेका छन् ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाईडेनले चीनले ताईवानमाथि आक्रमण गरे अमेरिकी फौजले ताईवानको प्रतिरक्षामा अघि आउने बताएका थिए ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com