Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

राष्ट्रिय भूमि आयोगले थाल्यो भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन

राष्ट्रिय भुमि आयोग जिल्ला समिति मुगु को बैठक बसेको छ । बैठकमा छायांनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही पनि उपस्थित भएका थिए ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन गर्ने विषयमा छायानाथरारा नगरपालिकाका प्रमुख र राष्ट्रिय भूमि आयोग जिल्ला समिति विच सम्झौता गर्ने विषयमा बैठक बसेको थियो उक्त बैठकमा उल्लेखित विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।

नगरपालिकाका प्रमुख शाहीले जहिले पनि हामी जनताका समस्या समाधान गर्ने पक्षमा रहेको र आयोगलाई भरपूर सहयोग गर्ने,स्थानी सरकार यसमा कुनै पनि बाधा नगर्ने समेत प्रतिवद्धता गरेको कुरा जानकारी जनाउनु भयो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मुगु को कार्यालय पनि स्थापना गरेको कुरा जानकारी गराउनुभयो । आयोगको कार्यालय छायाँनाथ रारा नगरपालिका वार्ड नम्बर १ स्थित मुगु जिल्ला समन्वय समितिको कार्यालयमा राष्ट्रिय भूमि आयो जिल्ला समिति मुगु को कार्यालय स्थापना गरेको कुरा पनि विक ले जानकारी दिनु भयो ।

अहिले निर्वाचनको अवस्था भएको र आचारसंहिता लागि सकेको हुनाले धेरै काम गर्न मिलेको छैन तर पनि हामीले बोर्डको बैठक राखेका छौं । भूमिसम्बन्धी विज्ञहरुको उपस्थिति र सम्पूर्ण दलहरूको उपस्थिति रहने गरिकन बैशाख ४ गते अन्तरक्रिया छलफल पनि राखेकाछौँ । निर्वाचनपछि हामी कामलाई तिब्र अगाडि बढाउने र भूमि सम्बन्धी समस्या समाधान गर्न लाग्ने आयोगका अध्यक्ष लालचन्द्र विकले यती खबरलाई जानकारी गराउनुभयो ।

यो पनि पढ्नु होस
देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरु र मुगु जिल्लामा बसोबास गर्ने भूमिहीन दलित,सुकुम्बासी र सम्पूर्ण नागरिक हरुलाई सुख,शान्ति,समृद्धि, सु- स्वस्थलाभको कामना गर्दै नयाँ बर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बालचन्द्र बि क अध्यक्ष राष्ट्रिय भूमि आयोग जिल्ला समिति परिवार मुगु ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com