Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

विराटनगरका विभिन्न स्थानमा भेला र जुलुस गर्न निषेध

फागुन,१७ काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा भेला, जुलुस, धर्नालगायत गतिविधि गर्न निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले विज्ञप्ति जारी गर्दै प्रदेशको नामांकनको विषयमा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुन सक्न भन्दै देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर निषेधाज्ञा जारी भएको बताएका छन्।

निषेधाज्ञा जारी भएका ठाउँमा सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको छ।
अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने उल्लेख गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com