अर्जुननरसिंह केसी र केपी शर्मा ओलीबिच छलफल
मंसिर,२६काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।
ओली निवास बालकोटमा हिजो बेलुकी केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।
उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको केसीको सचिवालयले बताएको छ ।
भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। ओलीको निमन्त्रणामा केसी बालकोट पुगेका थिए।