Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पहिरोले घर भत्किँदा एकै परिवारका पाँच जना बेपत्ता

असोज,२३ काठमाडौं । पहिरोले घर भत्किँदा कालिकोटमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तिलागुफा नगरपालिका–७ बालीगाउँमा ध्रुवराज विष्टको घर पहिरोले भत्किएको हो।

आज बिहान साढे १० बजे घर माथिबाट खसेको पहिरोले घर भत्काएको हो।
४२ वर्षीय ध्रुवराज विष्ट, उनकी ३५ वर्षीया श्रीमती ममता विष्ट, १५ वर्षीय छोरा भरत विष्ट, १३ वर्षीय छोरा कृपेश विष्ट र ११ वर्षीया छोरी ज्यानी बिष्ट बेपत्ता भएका छन्।

घर माथिबाट आएको पहिराले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले भत्काएको कर्णाली प्रदेश प्रहरीले बताएको छ ।
घटनास्थलमा प्रहरी टोली खटिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com