Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

चिनमा गोहिले झै खाएपछि आशुझार्ने मानिस भेटिए

चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको हो । उनले खाना खाएपछि आँखाबाट आँशु आउने गरेको छ । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्छ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने गरेको हो। जस्तै उदासीपना, पीडा तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिलेकाहीँ केही खाएर पनि यो व्यवहारलाई क्रियाशील बनाउन सकिन्छ ।

चिनियाँ मिडियाले ‘मिस्टर झाङ’ का रुपमा परिचय दिएका ती पुरुषले गत वर्ष खाँदै गर्दा बारम्बार आफ्नो आँशु लुकाउने गरेका थिए । सुरुमा उनले यसको बारेमा धेरै सोचेनन् तर लामो समयसम्म चपाउँदा उनको अवस्था उल्लेख्य रुपमा खराब भयो र यसले उनको सामाजिक जीवनमा हस्तक्षेपसमेत गरेको हो ।

झाङले सुरुमा सार्वजनिक रुपमा खान छोडे । किनकि उनी मानिसहरुको माझ आफ्नो आँशु झरिरहेको देखाउन चाहँदैनथे । त्यसैले उनी एक्लो भए । यसलाई सधैँभरी लुकाएर बस्न नसकिने निष्कर्षसहित उनले डाक्टरलाई देखाउने निर्णय समेत गरे ।
गत महिना झाङ जाँचका लागि उहानको अस्पताल गएका हुन। चिकित्सकले उनमा ‘गोहीको आँसुको लक्षण भएको दुर्लभ चिकित्सा अवस्था भएको पत्ता लगाएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com