रास्वपाको हस्ताक्षर अभियान जुम्लामा

असार, १८ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले सदरमुकाम खलंगामा हस्ताक्षर संकलन अभियान चलाएको छ। हिजो देखि कृष्ण मन्दिर नजिकै हस्ताक्षर अभियान चलाइएको छ।रास्वपाका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोध साधेको विरोधमा जनमत निर्माण गर्ने उद्देश्य छ।
हिजो विहान ११ बजे सुरु गरिएको उक्त अभियान संघीय सांसद विनिता कठायतको हस्ताक्षरबाट औपचारिक रूपमा प्रारम्भ गरिएको थियो। जुम्लामा स्थानीय, सर्वसाधारण नागरिकको उल्लेखीय समर्थन देखिएको रास्वपा जुम्लाका सचिव जगतबहादुर खत्रीले जानकारि दिनुभयो । पहिलो दिन ४ सय ५० जनाको हस्ताक्षर पुगेको थियो। हिजो भने समाचार तयार पार्दासम्म १ सय बढीले हस्ताक्षर गर्दै अभियानमा ऐक्यबद्धता जनाएका छन्।