Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

पाकिस्तानबाट ३ हजार अफगान शरणार्थी फर्किए

छिमेकी राष्ट्र पाकिस्तानबाट सोमवार (हिजो) तीन हजार जना अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलवार (आज) जारी गरेको विज्ञप्तिमा यो कुराको जानकारी दिइएको छ । मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया चलिरहेको छ ।

२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् । यस्तै सङ्ख्यामा इरानमा पनि रहेका छन् । विगत छ महिनामा दुई लाख ७० हजार जनाभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com