सभामुखले बोलाए पनि सचेतक सन्तोष परियार बोलेनन्

असार, १ काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियार आजको प्रतिनिधिसभाको बैठकमा बोलेनन् । रास्वपाले वेल घेराउ गरिरहेको बैठकमा उनी नाराबाजी गरिरहेका थिए ।
आज सभामुख देवराज घिमिरेले राप्रपा र रास्वपाको अवरोध भए पनि जबर्जस्ती संसद चलाएका छन् । दलीय क्रमअनुसार रास्वपाका सचेतक परियारलाई समय दिएर सभामुख घिमिरेले तीनपटक नाम बोलाए । वेल घेर्न व्यस्त सांसद परियार नाराबाजीमा व्यस्त थिए ।