Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टी विजयी

काठमाण्डौ – भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) विजयी भएको छ । हिजो भएको चुनावमा पीडीपीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । जितसँगै ५८ वर्षीय तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने हुनुहुने भएको स्थानीय दि भुटानी पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । 

आर्थिक सङ्कटकाबीच भएको चुनावमा भुटानका पूर्वप्रधानमन्त्री तोब्गेको पार्टी पीडीपीले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा ३० सिट जितेको र प्रतिद्वन्द्वी भुटान टेन्ड्रेल पार्टी (बीटीपी) ले बाँकी १७ सिटमा कब्जा जमाएको खबरमा उल्लेख छ ।

चुनावको आधिकारिक नतिजा भने आज आउने छ । दुवै दलले नागरिकको खुसी र कल्याणले आफ्नो सफलता मापन गर्ने सरकारको संवैधानिकरूपमा स्थापित दर्शनका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।

भूटानमा नागरिकले युवा पुस्ताको सङ्घर्ष, दीर्घकालीन युवा बेरोजगारी र प्रतिभा पलायनको समस्या समाधान हुने अपेक्षा गरेर मतदान गरेको बताएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com