ट्रक र मोटरसाइकल ठोक्किँदा पर्सामा २ जनाको मृत्यु

३० जेठ, वीरगञ्ज । पर्साको वीरगञ्जमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान वीरगन्ज महानगरपालिकाको सिताराम चोकमा भएको दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका २३ वर्षीय विजय यादवको मृत्यु भएको छ।
उनीहरुको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का २२ वर्षीय युवक विजय कुमार यादव घाइते छन् ।