Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ओमानविरुद्ध बलिङमा नेपाल, धमलाको डेब्यू

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले सुरुवातमा फिल्डिङको गर्नेछ ।

नेपालको आजको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । उनलाई राष्ट्रिय टोलीका उपकप्तान रोहित पौडेलले डेब्यू क्याप दिए । ओमानविरुद्ध मैदान उत्रँदा नेपाल सुखद नतिजाको योजनामा रहेको छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुवातको पक्षमा रहनेछ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com