Yeti Khabar

२०८२ बैशाख २५, बिहीबार - Thu May, 2025 -

भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन राष्ट्रसङ्घको अपिल

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन अपिल गर्नुभएको छ ।दुई देशबीचको तनाव कम गर्नका लागि सैन्य कारबाही समाधान नभएको उहाँको भनाइ रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

उहाँले भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेकोभन्दै उनीहरूको आपसीसम्बन्ध खतरनाक विन्दुमा पुगेको बताउनुभयो ।

उहाँले निकाल्नुभएको विज्ञप्तिमा राष्ट्रसङ्घले दुवै देशका सरकार र नागरिकहरूको सम्मान गर्ने र संयुक्त राष्ट्र शान्ति अभियानमा दुवैको योगदानको लागि आफू कृतज्ञ रहेको उल्लेख छ । राष्ट्रसङ्घले पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको फेरि पनि निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने बताएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com