Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

बिरामीको मृत्युपछि बसुन्धराको चिरायु अस्पतालमा तनाव

असार, ११ काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।

पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई लिएर भर्ना भएका बिरामीको हर्टफेल भएर मृत्यु भएको बताएपछि चिकित्सकमाथि शंका लागेको हो ।

अस्पतालले मुटुसम्बन्धी उपचार नै नगरेको र के कारणले यस्तो घटना भएको भन्ने बारे पनि बिरामीका आफन्तलाई जानकारी नगराएको उनले बताइन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com