बढ्यो सुनको मूल्य

१६ वैशाख, काठमाडौं । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो ।
सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ । प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।