Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका व्यक्तिकाे मृत्यू

पुस, ७ काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ ।

निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उहाँ जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको छ । अस्पताल केएमसी पु¥याइएको र अस्पतालले मृत घोषणा गरेको पाइएको छ ।

जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको समेत उनले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com