पुरुष-पुरुष, महिला महिला बिच हुने समलिङ्गी बिवाह गराउने अनैतिक कार्यमा युरोपियन युनियन, अमेरिका, विश्व बैंक र संयुक्त राष्ट्रसंघ लागेको वक्ताहरुको गम्भीर आरोप
मंसिर, १० साेमबार, काठमाडाैं । नेपालमा समलिंगी सम्बन्ध र विवाह ‘बाँदरलाई लिस्नु’ जस्तै भएको वक्ताहरुले बतएका छन् । सोमबार राजधानीको संवाद डबलीमा स्वतन्त्र देशभक्त राष्ट्रिय मोर्चाले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले विदेशीको इशारामा लादिएको समलिंगी विवाहलाई रोक्न आन्दोलनमा जानुपर्नेमासमेत बताएका छन् ।
कार्यक्रममा नेपाल बौद्धिक मञ्चका अध्यक्ष समेत रहेका राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डाक्टर राेकायाले समलिङ्गी विवाहबारे विश्वभर भइरहेका पछिल्ला घटनाक्रम र समलिङ्गी विवाह मान्यता प्राप्त गरेका विभिन्न देशका अवस्थाको बारेमा प्रस्ट्याएका थिए।
डाक्टर रोकायाले अमेरिकामा राष्ट्रपति ट्रम्पले चुनाव जितिसकेपछि समलिङ्गी विवाहका विरुद्ध कडा रूपमा प्रस्तुत भएको बताउँदै अब अमेरिकामा लिङ्ग परिवर्तन गर्न समेत नपाइने भएको कुरा आफूले अन्तर्राष्ट्रिय मिडियामा पढेको समेत सुनाएका थिए।
युगाण्डामा समलिङ्गी विरोधी कानुन पारित गरेकै कारण त्यहाँ विश्व बैंक संयुक्त राष्ट्रसघ युरोपियन युनियन र अमेरिकाले आर्थिक नाकाबन्दी गरेको अनुदान र ऋण समेत बन्द गरेको बताउँदै उनले रुसमा समलिङ्गी भन्ने शब्द समेत उच्चारण गर्न नपाइने व्यवस्था रहेको समेत उल्लेख गरे ।
रुस युक्रेन युद्ध सुरु हुने बेलामा रसियाका राष्ट्रपति भलादिमिर पुटिनले रुसका समलिंगका विरुद्ध कारबाही गरेर पश्चिमासँग आफ्नो लडाई सुरु भएको बताएको प्रसङ्ग उठाउँदै डाक्टर रोकायाले भारतमा समलिङ्गी विवाहका विरुद्ध मोदी सरकार नै लागेकोले सर्वोच्च अदालतले यो विषय त्यहाँको संसदको जिम्मा लगाएको बताए । नेपालमा समलिङ्गी विवाह र सम्बन्धलाई जबरजस्त लागेको बताउँदै डाक्टर रोकायाले अब यो मुद्दा राजनीतिक विषय बनाएर यसलाई कुनै पनि हालतमा कानुन बनाउन नदिन सरकारमाथि दबाब दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेकपा मालेका कार्यवाहक महासचिव समेत रहेका स्थायी कमिटी सदस्य कुमार वेबासेले परिवार उत्पादन र मानवीय चाहनाका आधारमा विवाह हुने बताउँदै समलिङ्गी विवाहले एउटै घरको दिदीबहिनी र दाजुभाई विवाह गर्ने अवस्था आउने कुरामा सबै सचेत रहनुपर्नेमा जोड दिए । उनले अदालतका एकजना न्यायाधीशले गरेको गैरकानुनी आदेश खारेज गर्न सबै नागरिकहरु लाग्नुपर्ने बताउँदै यस्तो कार्यले जनसङ्ख्या घटाउने बताए ।
कार्यक्रममा नेकपा मालेका स्थायी कमिटी सदस्य कृष्ण रानाले सामाजिक मूल्यमान्यता विरुद्ध समलिङ्गी विवाह जस्तो विषय अगाडि सारेकोले यस्ता विषयमा निर्णय गर्न राजनीतिक हस्तक्षेप हुने गरेको बताए । उनले प्रचण्ड मर्ने कि बाँच्ने भन्ने जस्तो दोधारमा रहेकै कारण पनि बच्नका लागि जस्तोसुकै अवस्था स्वीकार्न तयार भएकै कारण उनकै पालामा नेपालमा समलिङ्गी विवाह दर्ता भएको बताए ।
हामी गलत राजनीतिकबाट प्रेरित भएकोले यस प्रकारको विकृति आइरहेको भन्दै नेता रानाले भोलि मुलुकको राजनीति सुधार्न देशभक्तहरू एक ठाउँमा आउनुपर्ने बताए । मुलुकको राजनीतिलाई ठिक ठाउँमा ल्याउन सर्वोच्चको यस्तो आदेशलाई त्यहाँको पूर्ण इजलासले खारेज गर्ने समेत उनले विश्वास गरे।
कार्यक्रममा नेकपा एमालेका युवा नेता तथा जनसरकार राष्ट्रिय अभियानका संयोजक प्रकाश रोकायाले वैदेशिक हस्तक्षेपको चरम नमुना रूप समलिङ्गी सम्बन्ध र विवाह भएको उल्लेख गर्दै महाकाली सन्धिदेखि लिएर एमसीसीसम्म आउँदा वैदेशिक हस्तक्षेप दिनदाहाडै नाङ्गो रुपमा भएको बताए ।
उनले नेपालका ठूला दलहरू र ठूला मिडियाहरु मात्रै नभएर मुठ्ठीभरका मानिसहरु पश्चिमाहरुबाट सञ्चालित र परिचालित भएकै कारण आज देशले यस प्रकारको समस्याको सामना गरिरहनुपरेको बताउँदै यस्ता राष्ट्रघाती हर्कतका विरुद्ध सम्पूर्ण देशवासीहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिए।
नेपाली जनतालाई भ्रममै राखेर भ्रमको खेती गरेर त्यसबाट आफ्नो स्वार्थसिद्धि गर्ने जमात ठूलो रहेको भन्दै आज विश्व संयुक्त राष्ट्रसङ्घ, विश्व बैंक जस्ता निकायको विकल्पमा रहेको, पश्चिमा र डलरको प्रभुत्व अन्त्य गर्न विश्व बहसमा जुटिसकेको बेला नेपालीहरू देशभित्रै एक आपसमै चाहिने नचाहिने विषयमा झगडा गरिरहनुले नेपालीको सोच चिन्तन कस्तो छ भनेर प्रष्ट पारेको बताए ।
नेपालीहरू पैसाका लागि जे पनि गर्न पछि नपर्ने भएकै कारणले गर्दा समलिङ्गी जस्तो अप्राकृतिक, अनैतिक, अधार्मिक र पारिवारिक तथा सामाजिक मूल्य मान्यता विपरीतको विषयलाई नेपालमा जबरजस्त थोपर्न खोजिएकोमा रोष व्यक्त गरे ।
नेपाल समाजवादी काँगे्रसका अध्यक्ष गोविन्द निरौलाले पछिल्लो समय घनिभूतरुपमा युवा पलायनको विदेशी योजना कार्यान्वयन भइरहेको र समलिंगी विवाह देशलाई जनसंख्या घटाउने र पूर्ण परनिर्भर बनाउने दीर्घकालीन षड्यन्त्र भएको बताए । निरौलाले अमेरिकी परियोजना एम्सीसीमा पुरक सम्झौता नभए देशपूर्णरुपमा अमेरिकी पञ्जामा जाने पनि बताए ।
नेपाली काँग्रेस (विपी) का महामन्त्री देबेन्द्र पौडेलले समलिंगी विवाहलाई कानुनी मान्यता दिईए भविष्यमा देश नागरिक विहीन बन्ने चिन्ता व्यक्त गरे । पौडेलले देशलाई असफल बनाउने विदेशी षड्यन्त्रका विरुद्ध आन्दोलन गर्नुपर्नेसमेत बताए ।
नेकपा(एमाले)का युवा नेता प्रकाश रोकायाले नेपालमा ठूला भनिने पार्टीका मुख्य नेताहरु, अदालतका न्यायाधिष र कर्पोरेट मिडियाहरु बिकेर समलिंगी विवाह र सम्बन्धलाई मान्यता दिन लगेको आरोप लगाए ।
आमुल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले अदालतको निर्णय भनेर देश र जनतालाई घात हुने विषयमा चुप बस्न नहुने बताउँदै भने,“यहाँ सबकासब विकाउ बने उनिहरुलाई तह लगाउन सडक आन्दोलन जरुरी छ ।”
नेकपा(माले)का स्थायी समिती सदस्य कृष्ण रानाले जनता नबोलुन भनेर देश कम्जोर पार्न समलिंगी विवाह र सम्बन्धरुपी मन्द विष हालिएको छ, यसलाई जसरी पनि रोक्नु पर्ने धारणा राखे ।
आयोजक स्वतन्त्र देशभक्त राष्ट्रिय मोर्चा नेपालका संयोजक दिनानाथ घिमिरेले अप्राकृतिक, संस्कृति, परम्परा र समाजविरुद्ध आएको समलिंगी सम्बन्धलाई जनताले राम्रोसँग बुझ्नु पर्ने र त्यसका लागि आफूहरुले निरन्तर खबर्दारी गर्ने बताए ।
आयोजक मोर्चाका सचिव विनोद देव पन्तले देशमा एकपछि आर्को गर्दै राष्ट्रघाति एजेण्डाहरु थोपरिनु दुर्भाग्य भएको बताए ।
नागरिक सरोकार नेपालका सचिव विदुर अधिकारीले न्यायालयमै घुसेर समाजलाई भत्काउने र नेपाली मौलिकतामाथिको प्रहारलाई कानुनी बाटोबाट पनि हल गर्नुपर्ने धारणा राखे ।