Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

बयानका लागि छविलाल जोशीलाई काठमाडौं ल्याइयो

मंसिर, ५ काठमाडौं । सहकारी ठगी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी एवम् गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ। जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई हिजो बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्तले बताए ।

उहाँलाई हिँजै ल्याएर परिसरको हिरासतमा हुनुहुन्छ। अनुसन्धानको आवश्यक काम आजदेखि सुरू हुन्छ । एसएसपी रजौरेले भने। पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए।

त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि जोशीलाई रूपन्देही पनि लगिएको थियो।

लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com