प्रधानमन्त्री र फिनल्यान्डका राष्ट्रपति बिच भेटवार्ता
असोज, ९ काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच हिजो भेटवार्ता भएको छ।
द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले बताएको छ । हिजो नै प्रधानमन्त्री ओली र सामोआका समकक्षी फैमे नाओमी माताफाबीच पनि भेटवार्ता भएको छ।