Yeti Khabar

२०८१ भाद्र ३०, आईतवार - Sun Sep, 2024 -

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध ३१ वटा मुद्दा दर्ता

बङ्गलादेशमा नयाँ सरकार गठन भएदेखि अहिलेसम्म पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दायर भएकाे छ । हसिनाविरुद्ध हिजो थप नाै वटा मुद्दा दायर भएसँगै अहिलेसम्म ३१ वटा मुद्दा पुगेको हो । दर्ता भएका मुद्दामा २६ हत्या, चार नरसंहार र एउटा अपहरणका मुद्दा रहेका बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

शेख हसिनाको पालामा सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) स्थापना भएको थियो । यो न्यायाधीकरण सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो । बङ्गलादेशको अन्तरिम सरकारले हसिनाविरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको निगरानीमा छानबिन गर्ने बताएको छ ।

अन्तरिम सरकारका कानूनी सल्लाहकार प्राध्यापक आसिफ नजरुलले शेख हसिनालाई कमाण्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा ज्यान गुमाएका घटनामा हसिनाको भूमिकाको छानबिन गरिने बताउनुभएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com