Yeti Khabar

२०८१ असार ३१, सोमबार - Mon Jul, 2024 -

कोपा अमेरिका फुटबल : इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

असार २१ काठमाण्डौ । कोपा अमेरिका फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । टेक्सासको एनआरडी स्टेडियममा निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो ।

अर्जेन्टिनाका सिसान्द्रो मार्टिनेज पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयमा इक्वेडरका केभिन रोड्रिग्युजले एक गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

अर्जेन्टिना समूह ‘ए’ को विजेता बन्दै र इक्वेडर समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम–८ मा पुगेका हुन् ।यस्तै भोलि बिहान पौने ७ बजे भेनेजुएला र क्यानडा खेल्दैछन् । यस्तै पर्सि आइतवार बिहान पौने ४ बजे कोलम्बिया र पनामा तथा त्यही दिन बिहान पौने ७ बजे उरुग्वे र ब्राजिल खेल्दैछन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com