Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भारतमा बाढी र पहिराे प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द

भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लामा ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ । महाराष्ट्रको राइगढमा बाढी र पहिराेमा परि ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ ।

पहिरोमा परेका १२ जनाको शव निकालिएको र उद्धारमा खटिएका एक जनाको हृदयघातका कारण ज्यान गएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । राइगढ खालापुर तहसीलको इरशालवाडी गाउँमा गएको पहिरोमा परेका २२ जनाको हिजो नै उद्धार गरिएको थियो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com