Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

अन्तर्राष्ट्रिय अदालतले रफाहमा भएकाे आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने

दक्षिण अफ्रिकाको अनुरोधमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय अदालतले इजरायललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न भोलि बिहीवार र पर्सि शुक्रवार सुनुवाइ गर्ने भएको छ । हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले भोलि दक्षिण अफ्रिकाका वकिलको तर्फबाट बयान सुन्ने र अर्को दिन इजरायलको प्रतिक्रिया बयान सुन्ने भएको छ ।

रफाहमा भएको आक्रमणलाई लिएर दक्षिण अफ्रिकाले इजरायललाई तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न आदेश दिन मागसहित अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो । रफाहमा आक्रमणपछि सर्वसाधारण विस्थापित हुने क्रम बढेको छ ।

मध्यस्थकर्तामध्येको एक कतारले इजरायलको सैन्य आक्रमणबाट लडाकु समूह हमाससँग हुने भनिएको वार्तालाई गतिरोधको अवस्थामा पुर्‍याएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । रफाहमा आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायले इजरायललाई निरन्तर दबाब दिइरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com